Online Bichar
शनिबार, बैशाख १३, २०८२ | Saturday, April 26, 2025

झापा, २० माघ २०८० । झापामा सामान्य विवादका कारण एकजना व्यक्तिको हत्या भएको छ । पाँचथर जिल्ला नागी गाउँपालिका-२ घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम सेनेहाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सेनेहाङलाई झापा शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भएका अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले हत्या गरेका हुन् । उनिहरु दुवैजना बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने कामदार रहेका छन्।

शुक्रबार साँझ ७ः५० बजेको समयमा पुरकोटीले सामान्य विवादका क्रममा काठको मुङ्ग्रो र फलामको हमरले सेनेहाङको टाउकोमा प्रहार गरेका थिए । घाइते भएका सेनेहाङलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा अवस्था गम्भीर भई थप उपचारको लागि सोही रात ११ः३० बजेको समयमा नोबेल अस्पताल विराटनगर रेफर गरिएको थियो । उपचारको क्रममा शनिबार (आज) बिहान ५ः१३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । कुटपिट गर्ने मिलन पुरकोटीलाई ईलाका प्रहरी कार्यालय बुधबारेले थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया