झापा, १९ माघ २०८० । मुखभित्र लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध खैरो हेरोइन सहित ३ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-५ स्थित नमुना टोल बस्ने १९ वर्षिय प्रितेश राई, २७ वर्षिय याम प्रसाद सुनुवार र २१ वर्षिय आमोद राई रहेका छन् ।
भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका उनिहरुलाई मेचीनगर नगरपालिका६ पुरानो मेचीपुल स्थितबाट पक्राउ गरिएको जनाइएको छ । शुक्रबार(आज)दिउँसो ३ बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीको टोलीले ३ जनालाई शंका लागि चेकजाच गर्दा प्रितेश राईले मुख भित्र लुकाइछिपाइ ल्याउँदै गरेको ४ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । ३ जनालाई नै पक्राउ गरि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।