Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

झापा, १९ माघ २०८० । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-३ का २२ वर्षीय कृष्ण कुमार थापा र २३ वर्षीय अजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले १ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया