Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

झापा, १९ माघ २०८० । सुनसरीको इटहरीमा घरको गेटले किचेर एक बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-८ मा कोठा भाडामा बस्दै आएका अखिम बराइलीका ४ वर्षीय छोरा अनीश बराइली बिहीबार साँझ घरको गेटमा खेल्दै गर्दा फलाम गेट लडेर किच्दा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागी तत्काल विराट टिचिङ हस्पिटल विराटनगर लगिएको र उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया