Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौँ, १७ माघ २०८० । नेपाल स्काउटमा १२ वर्षको अन्तरालपछि माघ २२ र २७ गते निर्वाचन हुने भएको छ।

यो कदमसँगै नेपाल स्काउटको १२ वर्षे लामो संक्रमण अन्त्य हुने भएको छ। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले उक्त विवाद अन्त्य गर्ने चासो देखाएका हुन्।

नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुदमन्त्री नेपाल स्काउटका प्रमुख स्काउट र राष्ट्रिय परिषद्का अध्यक्ष हुने व्यवस्था रहेको छ।

कुनै समय नेपालका प्रायः सबै विद्यालयमा पुगेको स्काउट गणतन्त्र स्थापनापछि राजनीतिक खिचातानीमा फस्यो। २०६८ सालमा निर्वाचन भएको समितिले २०७० मा राजीनामा दिएपछि नेपाल स्काउट तदर्थवादमा चल्दै आएको छ।

यसैबीच खेलकुदमन्त्री लिम्बुले गत २०८० पौष २३ गते राष्ट्रिय परिषद्को बैठक बोलाएर स्काउटका तीनै तहको निर्वाचन तोकेका हुन्।

 

तपाईको प्रतिक्रिया