Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौँ, १७ माघ २०८० । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ। दुर्घटनामा पाँचजना घाइते भएका छन्।

भुटानबाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको बोलेरो दोरिङ भीरमा दुर्घटना हुँदा दुई भुटानी नागरिक ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङमुको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

जीपमा सवार ७ मध्ये ६ जना भुटानी र एकजना नेपाली नागरिक रहेका थिए। घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया