सुनसरी, १७ माघ २०८० । सुनसरीको इनरुवामा छोराले बुबाको हत्या गरेका छन् । इनरुवा-८ गणेशपुर टोलका चिबु सदाले बुबा चिलिया ऋषिदेव सदाको हत्या गरेका हुन । घरायसी विवादको क्रममा उनले बुबामाथि कुटपिट गरेका थिए ।
७० वर्षीय सदालाई गत माघ ११ गते छोराले कुटपिट गरेर फरार भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका बुबाको विराटनगर स्थित कोसी अस्पतालमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए । फरार रहेका २१ वर्षीय सदालाई सोमबार नै वराहक्षेत्र-५ स्थित भरौलबाट पक्राउ गरिएको भण्डारीले जानकारी दिए ।