झापा, १७ माघ २०८० । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ निरौला गाउँका ५३ वर्षीय डिल्लीप्रसाद निरौलाको रुखले किचेर मृत्यु भएको छ ।
मंगलबार दिउँसो साढे १ बजे आफ्नै बारीमा रहेको उत्तिसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा लागी उनी गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मंगलबार साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।