Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौं, १६ माघ २०८० । युट्युबर मनोजकुमार महतो (मनोज मानव) पक्राउ परेका छन्। व्यक्तिगत जीवनमा असर पार्नेगरी झुटो विवरण युट्युबमा प्रसारण गरेको उजुरीपछि साइबर व्युरोले उनलाई पक्राउ गरेको हो।

व्युरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार महतो कीर्तिपुरबाट सोमबार पक्राउ परेका थिए। महतोले झुटो विवरण प्रस्तुत गरी भिडियो बनाएर युट्युबमार्फत् प्रसारण गर्नुका साथै चरित्रहत्या गरेको भन्दै पीडितले साइबर व्युरोमा उजुरी दिएको प्रहरीको भनाइ छ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसूरमा कारबाहीका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थपेको प्रहरी उपरीक्षक रायले बताए। महतो यसअघि पनि सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका थिए।

 

तपाईको प्रतिक्रिया