Online Bichar
सोमबार, बैशाख २९, २०८२ | Monday, May 12, 2025

बेनी, १६ माघ २०८० । म्याग्दीको रघुगंगा गाउँपालिकामा रुखले किचेर एक महिलाको ज्यान गएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा रुख ढल्दा स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङले रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका बताए ।

फुलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान नविनसँगै टुनीको दाउरा काट्न गएकी थिइन्। नविनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुर भण्डारीले बाटोमा मानिस हेर्न बसेका थिए। भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा लागेको थियो ।

 

तपाईको प्रतिक्रिया