Online Bichar
शनिबार, जेठ ०४, २०८२ | Saturday, May 17, 2025

विराटनगर, १२ माघ २०८० । मोरङको मिक्लाजुङ गाउँपालिका–१ का तिलबहादुर विश्वकर्माको घरमा आगलागी भएको छ । काठ र बाँस प्रयोग गरी कर्कटपाताको छानो राखेर बनाइएको एक तले घरमा आगलागी भएको हो । डालोमा राखिएको कोइलाबाट बिहीबार आगलागी भएको प्रहरीले जनाएको छ ।

तर, घटनाका बारेमा प्रहरीले शुक्रबार मात्रै जानकारी पाएको थियो । आगोले घरसहित अन्नपात, भाँडावर्तन, लत्ताकपडा, काजपत्रलगायत पूर्णरूपमा जलेर ध्वस्त भएको डीएसपी दाहालले बताए । उनका अनुसार आगोले २ लाखभन्दा बढीको क्षति भएको पाइएको छ ।

मानवीय र चौपाया क्षति नभएको नभएको दाहालले बताए ।

तपाईको प्रतिक्रिया