विराटनगर, ११ माघ २०८० । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना जारी छ। बिहीबार भएको निर्वाचनको महिला उम्मेदवारतर्फको गणना सकिएको छ। जसमा नेकपा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छन्। उनले नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराएकी हुन्।
अब, पुरुषतर्फको मतगणना सुरु भएको छ। पुरुषतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका उद्धव पौडेल प्रतिष्पर्धामा छन्। कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख २७४ जना गरी ३६७ जना मतदाता छन्। जसमध्ये स्थानीय तहका तीन जना प्रमुखहरू मतदानमा अनुपस्थित भए।