Online Bichar
आइतबार, जेठ ०५, २०८२ | Sunday, May 18, 2025

काठमाडौं, ११ माघ २०८० । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट गठबन्धनका उम्मेदार विजयी भएका छन्। आजै भएको निर्वाचनपछि भएको मतगणनामा महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।

सापकोटाले ५४३५ मत भार पाएर विजयी हुँदा प्रतिस्पर्धी एमालेकी तुलसा केसीले २८६७ मत पाइन्।

यस प्रदेशमा नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए।

राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।

लुम्बिनी प्रदेशमा दुईजनाको पदमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए। अन्य तर्फको मत परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ।

 

तपाईको प्रतिक्रिया