काठमाडौँ, ११ माघ २०८० । बलात्कार मुद्दाका फरार व्यक्तिलाई इन्टपोलको सहयोगमा कतारमा पक्राउ गरी नेपाल ल्याइएको छ।
सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवनका २५ वर्षाय सेहमान खाँलाई एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी आज नेपाल फिर्ता ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता, डिआइजी भीमप्रसाद ढकालले जानकारी दिए।
जबरजस्ती करणी मुद्दामा फरार रहेका खाँलाई पक्राउ गर्न इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। यो सँगै यस वर्ष इन्टरपोलबाट रेड नोटिस जारी भइ पक्राउ पर्ने अभियुक्तको संख्या १० जना पुगेको छ।
यसअघि नेपाल प्रहरीले बलात्कार मुद्दाका ३, हत्याका आरोपी १, ठगीका ३ र साइबर अपराधका दुई अभियुक्तलाई विभिन्न देशबाट पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाहीका लागि नेपाल फिर्ता ल्याएको थियो।
्