Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौँ, १० माघ २०८० । देशभर १७ वटा वायु गुणस्तर मापन केन्द्र बन्द भएका छन् । नेपालभर २७ वटा वायु गुणस्तर मापन केन्द्रमध्ये १७ वटा बन्द र १० वटा सञ्चालित रहेको वातावरण विभागले जनाएको छ ।

वायु गुणस्तर मापन केन्द्र काठमाडौँ उपत्यकामा ७ वटा छन् । काठमाडौँ उपत्यका बाहिर झापा, विराटनगर, जनकपुर, हेटौँडा, लुम्बिनी, धनगढी, महेन्द्रनगर, पोखरा, धनकुटा लगायत स्थानमा ती मापन केन्द्र स्थापित छन् । मर्मत गरिरहेका हुनले सो १७ वटा हावा गुणस्तर मापन गर्ने यन्त्र सञ्चालनमा आउन नसकेका हुन् ।

देशभरमा रहेका मापन केन्द्रले सो स्थानको लाइभ वायु गुणस्तरको अपडेट दिन्छन् । तर हाल तीमध्ये अधिकांश बन्द स्थितिमा छन् ।

 

तपाईको प्रतिक्रिया