Online Bichar
आइतबार, जेठ ०५, २०८२ | Sunday, May 18, 2025

काठमाडौँ, १० माघ २०८० । जल तथा मौसम विज्ञान विभागले आज काठमाडौँलगायत केही स्थानमा छिटफुटदेखि हल्का वर्षा भएको जनाएको छ।

विभागका अनुसार गण्डकी र बागमती तथा कोशी प्रदेशको एक/दुई स्थानमा हल्का छिटफुटदेखि हल्का वर्षा भएको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए ।

उनका अनुसार पछिल्लो ६ घण्टामा मनाङमा १.८, मिलिमिटर, गोरखाको बारपाक क्षेत्रमा ५.२ मिलिमिटर र ताप्लेजुङमा १.९ मिलिमिटर पानी परेको मापन भएको छ।

काठमाडौँको खोकना केन्द्रमा छिट्फुट पानी परेको मापन गरिएको छ। बूढानीलकण्ठ माथिल्लो पहाडी भूभागमा छिटफुट भएको छ।

यस्तै नक्सारलगायतका उपत्यकाको केही स्थानमा पनि पानीका छिटा हानेको छ। आज उपत्यकामा न्युनतम तापक्रम ३.५ डिग्री पुगेको छ।

उपत्यकामा गएको सोमबार यो वर्षकै सबैभन्दा कम ३.२ डिग्री तापक्रम मापन गरिएको थियो। घाम राम्ररी नलागेकाले आज उपत्यकामा बढी चिसो महसुस गरिएको छ।

 

तपाईको प्रतिक्रिया