Online Bichar
आइतबार, जेठ ०५, २०८२ | Sunday, May 18, 2025

राजविराज, १० माघ २०८० । राजविराज कारागारका एक कैदीको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका-३ का ३५ वर्षीय गोरिया भनिने बिरेन्द्र कुमार मलाहाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ ।

मानसिक सन्तुलन गुमेको र मृगौला रोगबाट पीडित मलाहालाई अक्सिजनस्तर कम भएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो । मृतकका ससूरा महादेवा गाउँपालिका-३ वथनाहाका तुरुन्तलाल मुखियाले ज्वाइँलाई मानसिक समस्या देखिएकाले जेलबाट उपचारमा ल्याउने,लैजाने काम भइरहेको र उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए।

उनी ज्यान मार्ने उधोग र डाँका कसुरमा ०७७ पुस २७ गतेदेखि कैदी जीवन विताइरहेका थिए । उनलाई ५ वर्षका लागि कैद सजाय भएको थियो ।

तपाईको प्रतिक्रिया