झापा, ९ माघ २०८० । झापाको कमल गाउँपालिकाले माघ ११ गते बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको छ । सन्थाल समुदायको विशेष पर्व सोहरायको अवसरमा कमलले सो दिन स्थानीय बिदा दिइएको हो ।
माघ ७ गते बसेको गाउँपालिकाको कार्यपालिकाको बैठक अनुसार माघ ११ गते अति आवश्यक सेवाबाहेक गाउँपालिकाको कार्यालय, वडा कार्यालय, पालिका अन्तरगतका सरकारी कार्यालय, सङ्घसंस्था र विद्यालय बन्द रहने गाउँपालिकाले आज जारी गरेको सूचनामा उल्लेख छ ।