Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

काठमाडौँ, ८ माघ २०८० । नक्कली प्रवेशपत्र बनाएर ट्रायल दिएको आरोपमा प्रहरीले भक्तपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम घर भएर काठमाडौं बस्दै आएका १८ वर्षीय सिजन पुरी छन् ।

आरोपीलाई भक्तपुरको राधेराधेस्थित ‘इजी वे ट्रायल सेन्टर’ बाट पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले रातोपाटीलाई बताए । उनले नक्कली प्रवेशपत्र बनाएर तेस्रो पटक दुईपांग्रे सवारीको ट्रायल दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रवेश पत्रमा ९६७२९४७ एप्लिकेशन आइडी भएका पुरी दुई पटक फेल भएपछि तेस्रो पटक ट्रायल दिँदा पक्राउ परेका हुन् । आरोपीबारे प्रहरी वृत थिमीले अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया