Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

झापा, ८ माघ २०८० । झापाको दमकमा भारतीय कारको टायर पड्किएर दुर्घटना हुँदा कारमा सवार एकजना घाइते भएका छन् । सोमबार साँझ ६ बजेको समयमा दमक नगरपालिका-५ गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि राजमार्गमा दुर्घटना हुँदा सोहि कारमा सवार भारत सिक्किम प्रदेश सिम्ताम बस्ने ६५ वर्षिय मिलन कुमार राईको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमकबाट उर्लाबारी तर्फ जाँदै गरेकोSK 08 P 1888 नं. को भारतीय कारको टायर पड्किएर डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । घाईते राईको नमस्ते अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोहि कारमा सवार अर्का भारत सिक्किम प्रदेश सिम्तामका ६५ वर्षिय लक्ष्मण राई भने सकुशल रहेको जनाइएको छ । कार घट्नास्थलमा नै रहेको तत्काल चल्ने अवस्थामा नरहेको प्रहरीेले जनाएको छ ।

तपाईको प्रतिक्रिया