Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

झापा, ८ माघ २०८० । झापामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बाह्रदशी गाउँपालिका-७ घर भई हाल कन्काई नगरपालिका-३ स्थित डेरामा बस्दै आउनु भएका २० वर्षिय दिनेश चौधरी आफु सुत्ने कोठाको सिलिङ फेनमा गम्छाको पासो लगाई झुण्डीएर मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिनुभयो ।

सोमबार बिहान १० बजेको समयमा उक्त घट्नाबारे जानकारी प्राप्त हुनसाथ थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय सुरुङ्गा र ईलाका प्रहरी कार्यालय अनारमनीको टोली घट्नास्थल तर्फ गएको जनाइएको छ । उक्त शवको कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया