Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

झापा, ८ माघ २०८० । झापाको कमलमा एक महिला आफ्नै घरको कोठामा मृत अवस्थामा फेला पर्नुभएको छ । कमल गाउँपालिका-५ स्थित गेउरिया बस्ने धनबहादुर बि.क. कि ४९ वर्षिया श्रीमती अम्बिका बि.क. आईतबार(हिँजो)४ बजेको समयमा मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिनुभयो ।

स्थानीय तथा मृतकका आफन्तले बि.क.को कालगतीले नै मृत्यु भएको भनिएता पनि १०ः४५ बजेको समयमा स्थानीयहरुले घट्ना शंकास्पद रहेको भन्दै अनुसन्धान गर्न भनेपछी दमकबाट प्रबहको QRT टोली खटिएको प्रवक्ता गिरीले बताउनुभयो । घट्ना आशंकामा मृतक महिलाको ५५ वर्षिय श्रीमान धनबहादुर बि.क. लाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ । उक्त शवको कानुनी प्रकृया पुरा गरी सोमबार १२ः३० बजेको समयमा शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पठाईएको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया