झापा, ८ माघ २०८० । झापाको अर्जुनधारामा एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ । अर्जुनधारा नगरपालिका-६ स्थित बिहानी टोलमा सोमबार बिहान ६ बजे ५० वर्षिया माया मगर टाउकोमा चोट लागेर लडेको अवस्थामा मृत फेला पर्नुभएको हो ।
मृतक महिला इलाम माई नगरपालिका-१ महमाई कलकत्ते माइती भई हाल बिर्तामोड नगरपालिका-५ मा अस्थायी रुपमा बसोबास गर्नुहुने कुमार पुलामी मगरको श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिनुभयो ।
घट्ना शङ्कास्पद देखिएकोले थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अनारमनिको टोली र कोशी प्रदेशको प्रहरी केनाइन शाखा धरानबाट खटिएको प्रहरी नायब निरीक्षक यम श्रेष्ठको कमाण्डमा ४ वटा कुकुरसहितको टोली घटनास्थल तर्फ पुगिसकेको जनाइएको छ ।