Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

बुटवल, ७ माघ २०८० । अत्यधिक चिसो बढेपछि रूपन्देहीका स्थानीय तहले विद्यालयमा जाडो बिदा दिन सुरू गरेका छन्।

बुटवल उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आइतबार देखि तीन दिन जाडो बिदा दिएको छ। यस्तै तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले पनि जाडो बिदा दिएका छन्।

तिलोत्तमाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले आइतबार सूचना जारी गर्दै नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा माघ ८ गतेदेखि १० गतेसम्म तिन दिन जाडो बिदा दिएको बताए।

आचार्यले बिदा अवधिमा हुने राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता भने यथावत समयमै संचालन हुने जानकारी दिए।

सिद्धार्थनगरले माघ ७ गतेदेखि १२ गतेसम्म ६ दिन जाडो बिदा दिएको छ।

पछिल्ला केही दिन यता रूपन्देहीमा बाक्लो हुस्सु र शीतलहर चलेका कारण अत्यधिक चिसो बढेर विद्यार्थीको स्वास्थ्यमा असर पर्ने सक्ने भन्दै बिदा दिन थालिएको हो।

 

तपाईको प्रतिक्रिया