Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

झापा, ५ माघ २०८० । झापाको कमलमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्री गम्भिर घाइते भएका छन् । शुक्रबार साँझ ५ः१० बजेकोे समयमा कमल गाउँपालिका-५ स्थित पाथिभरा टोल लगनशिल सहकारी संस्था अगाडीको राजमार्गमा पश्चिम बाट पूर्व तर्फ जाँदै गरेको को.९प७९२९ नं. को मोटरसाइकलले ठक्कर दिँदा तत्काल नाम थर वतन नखुलेको पैदलयात्री अन्दाजी ४५ वर्षिय पुरुषको टाउकोमा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै, उक्त मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको मे.१च५२१३ नं. को कारले ठक्कर दिँदा मोटरसाइकल चालक पाँचथर तुम्वेवा गाउँपालिका५ बस्ने १९ वर्षिय दिपेश कुरुम्वाङको नाकमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवैजनाको लाईफलाइन अस्पताल दमकमा उपचार भइरहेको जनाइएको छ । मोटरसाइकल, कार कार चालक दमक नगरपालिका९ का ३३ वर्षिय सुमन अधिकारीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकको राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया