Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

बागलुङ, ४ माघ २०८० । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपातको भएको छ । नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रमको लागि बागलुङ आउनुभएका प्रसाईँ माथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् ।

बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले हातपात गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुर्गा प्रसाईँ मञ्चमा उक्लिने क्रममा गौतमबाट हातपातको प्रयास भएको हो । प्रहरीले तत्कालै नियन्त्रणमा लियो । कुनै अप्रिय घटना हुन पाएन ।’

गौतमलाई अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया