Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

झापा, ४ माघ २०८० । झापामा जङ्गली हात्तीले एउटा घर भत्काएको छ । आज बिहान ३ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका-३ जुकेखाडी बस्ने पदम जोशीको घरमा एउटा जङ्गली हात्ती आई घरको टाटीबेरा भत्काएको हो ।

हात्तीले घरमा रहेको अन्दाजी ७ मन धान खाई घरमा समेत क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जङ्गली हात्तीले झापामा लगातार क्षति गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया