Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

झापा, २ माघ २०८० । प्रतिबन्धित लागुऔषध सहित १ जना मानिसलाई झापा प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका-८ बस्ने ३५ वर्षिय नविन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार ३ः३० बजेको समयमा झापाको मेचीनगर नगरपालिका वडा नं.६ स्थित पुरानो मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको बस्नेतलाई शंका लागी चेकजाच गर्दा उनले लगाएको ज्याकेटको गोजीभित्र प्रतिबन्धित लागुऔषध खैरो हेरोइन २ ग्राम ५०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस्नेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया