Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

डोटी, २ माघ २०८० । बँदेलको आक्रमणबाट केआईसिंह गाउँपालिका-१ पुडेखातीकी ३५ वर्षीया जगुली देवी भुलको मृत्यु भएको छ।

मंगलबार बिहान खेतमा घाँस काटिरहेका बेला जंगली बँदेलको आक्रमणबाट घाइते भएकी भुलको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा दिउँसो साढे १२ बजेतिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए। जिल्ला अस्पताल डोटीमा ज्यान गएको हो।

उनका ७२ वर्षीय माइला ससुरा भगी भुल पनि आक्रमणमा परी घाइते भएका वडाध्यक्ष कृष्ण बमले बताए।। घाइते भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। पछिल्ला समय जंगली बँदेलको बिगबिगिले किसानहरू पीडित रहेको स्थानीय विष्णुकुमार शाहीले बताए।

तपाईको प्रतिक्रिया