Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

झापा, २ माघ २०८० । झापामा घरको ३ तला माथिबाट लडेर ४ वर्षिय बालक गम्भिर घाइते भएका छन् । आज(मंगलबार)दिउँसो अन्दाजी ३ बजेको समयमा आकाश अधिकारीको छोरा सुवास अधिकारी ३ तला माथिको रेलिङबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोरङ बुढीगंगा गाउँपालिका-३ बस्दै आएका अधिकारी कन्काई नगरपालिका-३ बस्ने आफन्त लक्ष्मी बरालको घरमा आएको बेला उक्त घट्ना भएको हो । गम्भिर घाइते भएका बालकको अहिले बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया