Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

जनकपुर, २ माघ २०८० । भंगहा-जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका-४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान ८ बजेतिर महोत्तरीको भंगहाबाट जयनगरतर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए । टीटी (रेलको कन्डक्टर) ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको जानकारीमा आएको डीएसपी अवाले बताए । मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी अवाले बताए ।

 

 

तपाईको प्रतिक्रिया