Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

झापा, २ माघ २०८० । झापामा प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ परेका छन् । नेपाल भारतको सीमा नाका भद्रपुर-५ स्थित मेची पुलबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेची पुलमा तैनाथ सुरक्षाकर्मीले भद्रपुर-५ निवासी २२ वर्षीय राहुल ठाकुरलाई १ ग्राम ७ सय ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी गरामनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-९ बाट शिवसताक्षी-१० निवासी ३० वर्षीय आशिष भण्डारीलाई प्रतिबन्धित लागु औषधसहित पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट ट्रामाडोल ८ सय ३० क्याप्सुल, डाइसाइक्लोमाइन ९ सय ७० क्याप्सुल, भिबेल ५ सय ९० क्याप्सुल बरामद गरेको छ । मे १ ह ४९५५ नम्बरको अटोमा सवार रहेका भण्डारीले अटोमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त औषधिहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया