Online Bichar
आइतबार, आषाढ १०, २०८१ | Sunday, June 23, 2024

झापा, २ माघ २०८० । झापाको एक विद्यालयमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एकजना व्यक्ति गम्भिर घाइते भएका छन् । मंगलबार (आज) बिहान १०ः२० बजेको समयमा बिर्तामोड नगरपालिका-७ राधाकृष्ण टोल स्थितमा रहेको बेल्स मोडल ईङ्गलिस बोर्डिङ्ग स्कुलको १७औं वार्षिक खेलकुद दिवसको अवसरमा बेलुन फुलाउनको लागि राखिएको हाईड्रोजन ग्यासको सिलिण्डर बेलुन फुलाउने क्रममा पड्किदा पाटी डेकुरेसन सिलगुढि संस्थाबाट खटिएका भारत घर भएका अन्दाजी ५४ वर्षिय गणेश सहनी गम्भिर घाइते भएका हुन् ।

सहनीको दाहिने खुट्टाको कम्मर मुनिको भाग चुडिन गई घाईते अवस्थामा उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोड पठाइएकोमा उनको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त ग्याँसको सिलिन्डर पड्किदा निस्किएको आवाजले सोहि विद्यालयमा कक्षा९ मा अध्यनरत बिर्तामोड नगरपालिका७ बस्ने १५ वर्षिया कुसुम तामाङको कानमा समस्या आएकोले उपचारको लागि सोहि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरीको टोलिले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया