Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

भद्रपुर, १ माघ २०८० । झापा जिल्ला अदालत भद्रपुर परिसरमा न्यायकी देवीको प्रतिमा अनावरण गरिएको छ । उच्च अदालत विराटनगर,इलाम इजलासका मुख्य न्यायाधीश किरण पौडेल, जिल्लाका प्रमुख न्यायाधीश अशोककुमार बस्नेत, दानवीर दिनबन्धु गोयल लगायतले एक कार्यक्रमका बीच संयुक्त रुपमा प्रतिमाको अनावरण गरेका थिए । कार्यक्रममा दाता दिनबन्धु गोयल र निर्माणकर्ता अभिषेक तिम्सिनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, झापा बार एकाइका अध्यक्ष नारायणप्रसाद भट्टराई, दाता दिनबन्धु गोयलले न्याय सम्पादनका विषयमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रमका अध्यक्ष एवम् प्रमुख जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

 

तपाईको प्रतिक्रिया