Online Bichar
आइतबार, जेठ १३, २०८१ | Sunday, May 26, 2024

झापा, १ माघ २०८० । झापाको कचनकवलमा जङ्गली हात्तीको समूहले २ वटा घर भत्काउनुका साथै अन्नबालीसमेत नष्ट गरेको छ । आईतबार राति ११ बजेको समयमा कचनकवल गाउँपालिका-३ दल्की स्थित दुर्गा भिट्टा सामुदायिक वनबाट आएको जङ्गली हात्तीको समूहले सोही ठाउँको स्थानीय डम्बर खड्काको खेतको खमारमा राखिएको धान अन्दाजी २० मन खाँदा अन्दाजी ५० हजार मूल्य बराबरको क्षति गरेको छ ।

यस्तै, धुला राजवंशीको टिनको छानो भएको भुँइतले घर भत्काउँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ भने, रणबहादुर लिम्बुको टिनको छानो भएको भुँइतले घरको पूर्वपट्टिको भित्ता भत्काई घरभित्रको अन्दाजी ३० मन धान खाँदा करिब १ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया