काठमाडौं, २९ पुस २०८० । नारायणगढ-मुग्लिङ सडक खण्ड माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द हुने भएको छ। गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द गरी काम हुँदै आएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो।
सो खडक खण्डमा निर्माणाधिन पुलहरूमध्ये बाँकी रहेको तुइन खोलापुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुनस् निर्माण कार्य सूचारु गर्नुपर्ने भएकाले सडक आजदेखि दिउँसो १२ बजेदेखि ४ बजेसम्म पूर्ण बन्द हुनेछ।
काठमाडौंबाट जाने यात्रुवहाक सावरी साधनलाई मुग्लिङ बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखराबाट आउने सवारी साधानलाई बेनीटारादेखि पावरहाउससम्म बिहान ११:५५ बजेसम्म सञ्चालन हुनेछन्।
यसैगरी काठमाडौंबाट आउने मालबहाक सवारी साधन लेवाटारमा र पोखरातर्फबाट आउने सवारी साधनहरूलाई सत्रसय फाँटमा बिहान ११स्४५ मिनेटमा रोकिसक्नुपर्नेछ।
नारायणगढतर्फबाट छिर्ने यात्रुबहाक सवारी साधनहरू पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११स्३० बजे रोकिनेछन्। सोही क्षेत्रबाट आउने मालबहाक सवारीहरू भतेरी जंगलदेखि रामनगरसम्म बिहान ११:३० बजेसम्म रोकिनेछन्।
तोकिएका स्थानमा रोकिएका सबै सवारी साधनहरूलाई भने अपरान्ह ४ बजेमात्रै छोडिने प्रहरीले जनाएको छ।