सप्तरी , २८ पुस २०८०। तिरहुत गाउँपालिका-५ मुसहरि टोल बस्ने ३५ वर्षीया सोनिला देवी सदाको आगोले जलेर शनिबार बिहान मृत्यु भएको छ ।
आफ्नै घर अगाडि बालेको घुर ताप्ने क्रममा लगाएको कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।