Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

बिर्तामोड, २७ पुस २०८० । बिर्तामोड नगरपालिका–१० स्थित बिराटपोखरका इन्द्र प्रसाईँको तोरीको कुन्यूमा आगजनी हुँदा करिब एक मन तोरी जलेर नष्ट भएको छ । घर नजिकै खेतमा कुन्यू बनाएर थुपारिराखेको करिब तीन –चार कट्ठा जमिनको तोरीमा गएराति दश बजेतिर अज्ञात व्यक्तिले आगो लगाइदिएका हुन् ।

तत्कालै छरछिमेकले थाहा पाएर आगोलाई नियन्त्रणमा लिएको प्रसाईँले जानकारी दिए। शङ्कास्पद तरिकाले एक्कासि आगो लागेकोले कसले र किन आगो लगायो भन्ने बारेमा खोजी भइरहेको उनले बताए । करिब चार मन तोरी आउने त्यस कुन्यूबाट पूरै तोरी नष्ट हुनबाट जोगाइएको प्रसाईँले बताए ।

 

तपाईको प्रतिक्रिया