Online Bichar
सोमबार, जेठ १४, २०८१ | Monday, May 27, 2024

झापा, २६ पुस २०८० । मलेसियामा झापाली धनबहादुरको हत्या गर्ने शाह कारागार चलान भएका छन् । मलेसियामा एउटै कम्पनीमा काम गर्ने झापाका धनबहादुर प्रधानको हत्या गरेको आरोपमा पक्राउ परेका २४ वर्षीय अनिल शाहलाई कारागार चलान गरिएको हो ।

झापा शिवसताक्षी नगरपालिकाका श्रेष्ठलाई हत्या गरी उनी नेपाल फर्किएका थिए । उनलाई मङ्सिर ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो प्रहरीका अनुसार मृतक र शाह मलेसियाको हर्ताज भन्ने कम्पनीमा क्लिनरका रूपमा काम गर्दै आएका थिए ।

श्रेष्ठको हत्या पछि कम्पनीमै पासपोर्ट छाडेर भागेका शाह मलेसियास्थित नेपाली दूतावासमा पुगेका थिए । नेपाली दूतावासले नेपाल फर्कने डकुमेन्ट तयार गरिदिएपछि उनी मङ्सिर ३० गते त्रिभुवन विमानस्थल ओर्लिएका थिए । अदालतको आदेश अनुसार उनलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया