Online Bichar
मंगलबार, भाद्र २५, २०८१ | Tuesday, September 10, 2024

झापा, २५ पुस २०८० । भद्रपुर नगरपालिकाले विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरिरहेको छ । स्वास्थ्यमा सुधारसँगै धुवा रहित, दाउरा कम खपत गराउने उद्देश्यले नगरपालिकाले १० वटै वडामा सुधारिएको चुलो वितरण गरिरहेको जनाइएको छ ।

नगरपालिकाले प्रत्येक वडामा ९० को दरले ९०० थान चुलो वितरण गर्ने जनाएको छ । नगरपालिकाले वडा कार्यालय र विद्यालयबाट ईन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टर नेपालका प्रतिनिधि अमर मेचेका उपस्थितिमा मंगलबारबाट चुलो वितरण सुरु गरिएको हो । दाउराले खाना पकाउने विपन्न, एकल महिला, छोराछोरी समुदाय विद्यालय पढाउने परिवारलाई छनोट गरी वडा मार्फत चुलो वितरण गरिरहेको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए ।

नगरपालिकालाई सो चुलो ईन्भाईरोमेन्ट प्रोटेक्सन सेन्टर नेपालले प्रदान गरेको हो । यो चुलोको प्रयोगमार्फत नागरिकको स्वास्थ्य तथा जीवनस्तरमा सुधार आउने विश्वास लिएको नगर प्रमुख पोखरेलको भनाई छ । चुलोको सही सदुपयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया