Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

जनपुरधाम, २४ पुस २०८० । जनकपुरधामको बसपार्कबाट एउटा बस चोरी भएको छ । ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने यो बस हिजो बस पार्कमा पार्किंङ गरी राखिएको थियो । सो बस महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्राको रहेको छ ।

डिएसपी अवालेका अनुसार अरू जिल्लामा बेवारिसे अवस्थामा रहेको जानकारी आएकोले थप बुझ्ने प्रयास भइरहेको छ ।

आज अपराहन्न ४ बजे बसपार्कमा जाँदा बस नदेखेपछि उजुरी आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया