Online Bichar
बिहिबार, फाल्गुण ०१, २०८१ | Thursday, February 13, 2025

काठमाडौं, २४ पुस २०८० । परराष्ट्रमन्त्री एनपी साउदले रसियन फौजमा भर्ना भएका ११५ जनाका परिवारले उद्धारका लागि आवेदन दिएको बताएका छन् ।

मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा रसिया पुगेर त्यहाँको फौँजमा भर्ना भएकाहरूका परिवारले आवेदन दिएको बताएका हुन् ।

‘हालसम्म ११५ जनाको उद्धारको लागि उहाँहरूको परिवारबाट कन्सुलर विभागमा आवेदन आइपुगेको छ’ उनले भने, ‘रसिया सरकारले १० जनाको मृत्यु भएको जनाएको छ । हामीले फौँजमा भर्ना भएकालाई फिर्ता गर्न, दिवंगतको शव र उहाँका परिवारलाई सौहुलियत उपलक्ध गराउन भनेका छौँ ।’

उनले सरकारको रुसमा कुनै कामका लागि वा सेनामा पठाउने नीति नरहेको स्पष्ट पारे ।

 

तपाईको प्रतिक्रिया