Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

इलाम, २४ पुस २०८० । आफ्नै छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन्। इलाम,माई नगरपालिका-६ बिहिबारे बस्ने ३६ वर्षीय दिलकुमार राईमाथि आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको आरोप छ।

घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया