Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

इलाम, २४ पुस २०८० । इलाम सदरमुकामसँग सन्दकपुर गाउँपालिकालाई जोड्ने मुख्य सडक नबन्दा स्थानीयले सास्ती व्यहोर्नु परेको छ ।

मेची राजमार्गको बिव्ल्याँटेदेखि करिव ८ किलोमिटर लामो सडक नबन्दा सन्दकपुरका सुलुुवुुङ, मावुु, जमुना, माइमझुुवा लगायतका क्षेत्रमा नियमित यातायात चलाउन समस्या भएको छ ।

इलाम नगरपालिकाले सडक स्तरोन्नतिका लागि कुनै योजना नबनाए पनि सन्दकपुर गाउँपालिकाले भने २५ किलोमिटर सडक कालोपत्रे गर्ने गरी काम शुरु गरेको इलाम नगरपालिका–२, सुम्वेकका वडाध्यक्ष गिरिराज रिजालले बताउनु भयो ।

यसअघि कोशी प्रदेशसँगको साझेदारीमा केही स्थानमा ढलानको काम भएपनि अहिले कुनै पनि योजना नहुुँदा सडकको अवस्था जीर्ण बनेको छ ।

यस क्षेत्रका बासिन्दाका लागि सदरमुकामसम्म आवतजावत र सामानको ढुवानीको एकमार्ग सडक भएकाले तत्काल स्तरोन्नतिका हुनुपर्ने माग स्थानीयको छ ।ईमेजखबरबाट

तपाईको प्रतिक्रिया