Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

काठमाडौं, २३ पुस २०८० । ४७ केजी चाँदीसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराका ५० वर्षीय कामेश्वर शाह, पर्साका ३२ वर्षीय सुमनकुमार सर्राफ र बाराका २० वर्षीय मनिष सर्राफ छन्। उनीहरूको साथबाट चार थान मोबाइल र ४७ केजी अवैध चाँदी बरामद भएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूले भोटेबहाल, कोटेश्वरलगायतका बिभिन्न ठाँउमा राजश्व छलि गरी बिल(बिजक बिना चाँदीका गरगहनाहरू भण्डार गरी बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

 

 

तपाईको प्रतिक्रिया