Online Bichar
बिहिबार, जेठ १०, २०८१ | Thursday, May 23, 2024

घोराही,२३ पुस २०८० । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा (एमाले) बाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको ।

दाङ निवासी एमाले नेता केसीले महिला सिट र पाल्पा निवासी क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । एमालेका नेता तथा कार्यकर्ताहरुको साथमा घोराही उपमहानगरपालिका(१५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर केसी र घर्तीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य सीता शर्मा चौधरी रहनुभएको छ भने घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरी रहनुभएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि दुई सिटमा निर्वाचन हुनेभएको छ ।

 

तपाईको प्रतिक्रिया