Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

मेचीनगर, २२ पुस २०८० । झापाको मेचीनगर नगरपालिका–१४ स्थित हाटखोलामा घरभित्रबाटै एउटा सिटी सफारी चोरी भएको छ । स्थानीय प्रकाश चौधरीको प्रदेश १–०१–००ह २२७७ नम्बरको निलो रङ्को सिटी सफारी गएराति चोरी भएको हो ।

आफ्नै घर बाहिर साङ्लीले बाँधेर चाबी लगाएर चार्जमा राखेको अवस्थामा चाबी काटेर सफारी चोरी भएको चौधरीले बताए। चोरी भएको जाहेरी स्थानीय प्रहरी चौकीमा गरिएको चालक चौधरीले जनाए । केही दिन अगाडि पनि सोही वडामा अर्को एउटा सफारी चोरी भएको थियो।

 

तपाईको प्रतिक्रिया