Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

झापा, २२ पुस २०८० । झापाको कचनकवलमा अज्ञात समूहले धान खेतमा आगजनी गरेको छ । कचनकवल गाउँपालिका-४ बयरवारीका अलवास मियाँको धानमा अज्ञात समूहले आगजनी गरेपछि लाखौँको क्षति भएको छ ।

मियाँले दुई बिगाहा खेतमा लगाएको धान काटेर दाइँ गर्न तयारी अवस्थाका राखेका थिए । दाइँ गर्नुअघि नै थन्क्याइएकै ठाउँमा आगजनी भएपछि दुई बिगाहाको धान र पराल खरानी भएको पीडित किसानले जानकारी दिए । धान र पराल गरी कम्तीमा तीन लाख बराबरको क्षति भएको पीडित मियाँको भनाइ छ ।

लाखौँ रुपैयाँको धान र वर्षभरि वस्तुलाई पुग्ने परालसमेत डढेर खरानी हुँदा आफ्नो बिचल्ली भएको मियाँले सुनाए। आगो कसले र किन लगायो भन्ने विषयमा आफूलाई केही जानकारी नभएको उनले बताए । इलाका प्रहरी कार्यालय केचनाले आगो लागेको कारण र आगो लगाउने मानिसको विषयमा अनुसन्धान भइरहेको जनाए । यसभन्दा पहिले पनि कचनकवलमा बारम्बार धानको पराल र कुन्यूका बोझामा आगो लाग्ने घटना भइरहे पनि प्रहरीले कसैलाई कारबाही गर्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया