Online Bichar
बिहिबार, जेठ १०, २०८१ | Thursday, May 23, 2024

झापा, २० पुस २०८० । झापाको मेचीनगरमा गोठमा खोले पकाउने क्रममा आगलागी भएको छ । शुक्रबार १ बजेको समयमा मेचीनगर नगरपालिका-८ सुन्दर टोल स्थित केशव प्रसाद तिम्सिनाको टिनको छानो भएको गाई गोठमा खोले पकाउने क्रममा अचानक आगलागी भएको हो ।

आगलागीबाट मानवीय क्षति नभएपनि गाई गोठमा बाधेको एउटा बहरको मृत्यु भएको छ । एउटा बहर, दुई वटा गाई आगोले जलि घाईते हुनुका साथै गोठमा रहेको काठपात र गोठ आंसिक रुपमा क्षति हुँदा २ लाख ३० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

आगलागी भएको खबर पाउन साथ इलाका प्रहरी कार्यालय नकलबन्दा प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी, स्थानियबासी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा १ः३० बजेको समयमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया