Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

डडेल्धुरा, १९ पुस २०८० । डडेल्धुरामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छिन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी घर भई हाल डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटर बस्दै आएका ३६ वर्षीय नरेश नाथको हत्या आरोपमा उनकी श्रीमती २८ वर्षीय पशुपति नाथ पक्राउ परेकी हुन्।

बुधबार राति पशुपतिले लाठी र मिजुराले प्रहारबाट नरेशको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा जाहेरी परेको थियो।

जाहेरीपछि पशुपतिलाई पक्राउ गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए। उनका अनुसार पक्राउ परेकी पशुपतिमाथि अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया